खेलकुद
सन्दीपको छलाङ : एकैदिन २ प्रतियोगितामा अनुबन्ध, कमाई झण्डै २ करोड

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने एकैदिन दुईवटा प्रतियोगितामा अनुबन्ध भएका छन् ।
इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट र यूएईमा हुने टि–टेन र प्रतियोगिताका लागि अनुबन्ध भएका सन्दीपले करिब २ करोड रुपैयाँ पारिश्रमीक पाउने छन् ।
बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका छन् । बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड (१ करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।
एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता २०२० को १७ जुलाईदेखि अगष्टसम्म चल्नेछ । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने नियम रहेको छ ।
त्यस्तै सन्दिपले नोभेम्बरबाट शुरु हुने टि–टेनमा ४५ हजार अमेरिकी डलर अर्थात् ५१ लाख रुपैयाँ पाउने छन् ।