खेलकुद

सन्दीप ‘द हन्ड्रेड’मा अनुवन्ध, १ करोड ५० लाख पारिश्रमिक

काठमाडौं । नेपाली युवा क्रिकेटर लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छनोट भएका छन् ।

आइतबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख नेपाली रुपैयाँमा ओभल इनसिभल्सले सन्दीपलाई अनुबन्ध गरेको हो ।

सन्दिपको टिममा रहेका चर्चित खेलाडीहरुमा टोम कुरान, रेली रोस्वो, साम कुरान, जेसोन रोय, सुनील नारान, साम बिलिङ लगायत छन् ।

विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।

इंग्ल्याण्ड र वेल्स क्रीकेट बोर्डको आयोजनामा हुने प्रतियोगिता अर्को बर्षको जुलाईमा गरिनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेने छ ।

यसअघि अघिल्लो बुधबार नै युएईमा हुने टि–१० को लिगमा डाफ्ट्रमार्फत कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा राख्दै सन्दीपलाई ४५ हजार अमेरिकन डलरका साथ अनुवन्धित गरेको थियो ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */