राजनीति

कालापानी गाभिएको विरोधमा भारतविरुद्ध नेविसंघले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि भारतमा समेटिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गर्ने भएको छ ।

नेविसंघले बुधबार साँझ पाँच बजे काठमाडौंको माइतीघर मण्डलामा भारतको नयाँ नक्साको विरोधमा प्रदर्शन गर्न लागेको हो ।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ परेपछि सर्वत्र विरोध भएको छ ।

गएको शनिबार भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले नयाँ राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि नेपालको यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */