राजनीति

बैतडीको झुलाघाटमा बिरोध, भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

बैतडी । भारतको नयाँ नक्सामा नेपालको भूमी राखिएको भन्दै नेपाल भारत सीमानाका बैतडीको झुलाघाटमा विरोध प्रर्दशन गरिएको छ । नेपाल विद्यार्थी संघ बैतडी र तरुण दल बैतडीले सीमानाका झुलाघाटमा बिरोध प्रदर्शन गरेका हुन ।

दार्चुलास्थित नेपाली भूमी लिम्फियाधुरा, कालापानी र लिपुलेक भारतले नयाँ नक्सामा समेटिएको भन्दै सीमाका बिरोध गरिएको हो । बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला बनाएर जलाईएको थियो । ‘राष्ट्रिय स्वाधीनता माथीको हस्तक्षेप सहन सकिँदैन, बरु गोलि खान तयार छौं’ भन्दै सिमानाकामा बिरोध प्रदर्शन गरिएको थियो । सीमानाका झुलाघाटको बसपार्कबाट मार्चपास सुरु गरी सीमानाका पुल नजिक बिरोध सभा गरिएको थियो । बिरोध सभालाई सम्बोधन गर्दै तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले भारतले नेपालको सोझोपनको फाइदा उठाएको भन्दै तत्काल निर्णय सच्याउनपर्ने बताउनुभयो ।

सीमाका बिरोधका क्रममा भारतीय ‘बिस्तारबाद मुर्दावाद’, ‘कालापानी लिपुलेक हाम्रै हो’ लगायतका नारा लगाइएका थिए । नेपाली भूमी भारतले आफ्नो नक्सामा राख्दासमेत सरकार मुकदर्शक बनेको भन्दै सरकारको पनि बिरोध गरेका थिए ।

यसका साथै भारतले गरेको यस निर्णयप्रति नेपाल सरकारले गम्भिर भएर कुटनितिक रुपमा समस्याको समाधान गर्नुपर्ने माग गरिएको छ । सांकेतिक रुपमा गरिएको बिरोध प्रर्दशनलाई कमजोर ठानिए ठुलो मूल्य चुकाउनुपर्ने समेत चेतावनी दिईएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */