खेलकुद

साग खेलकुद : चञ्चलाले दिलाइन् नेपाललाई पहिलो पदक

काठमाडौँ : नेपालकी चञ्चला दनुवारले १३ औं दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासँग ४२-२५ ले पराजित भइन् ।

यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेकी हुन् ।

सो स्पर्धामा बंगलादेशकी अख्तर र श्रीलंकाकी हेटश आराची लागेले काश्य पदक जितिन्। 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */