पढ्नै पर्ने

सिद्धबाबालाई चारदिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद

विराटनगर । बलात्कार आरोप लागेका चतराधामका गुरु सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई चारदिन हिरासतमै राखेर अनुसन्धान गर्न समय थप गरिएको छ । उनलाई व्हीलचेयरमा राखेर जिल्ला अदालत सुनसरी लगिएको थियो ।

न्यायाधीश धर्मराज पाैडेलको इजालासले थुनामा राखेर अनुसन्धान गर्न समय थप गरेको हो । 

जिल्ला अस्पताल इनरुवा सुनसरीबाट व्हीलचियरमा राखेर उनलाई म्याद थपको लागि जिल्ला अदालत लगिएको हो । प्रहरीले आज बिहान ४ बजे विराटनगरको विराट नर्सिङ होमको आईसीयूबाट सिद्धबाबालाई पक्राउ गरी एम्बुलेन्समा हालेर इनरुवा पुर्याएको थियो । प्रहरीका अनुसार अदालतमा बयानपछि म्याद थप हुनेछ । 

सिद्धबाबाकी एक अनुयायील आफूलाई सिद्धबाबाले बलात्कार गरेको आरोप लगाउँदै सिआईबीमा उजुरी दिएकी थिइन । त्यस लगत्तै बिरामी परेको भन्दै सिद्धबाबा उपचारको लागि विराटन नर्सिङ होममा भर्ना भएका थिए । उनलाई मुटु, मृगौलाको पत्थरी र प्रोस्टेट सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको थियो । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */