मनोरञ्जन

मिस वर्ल्डको अवार्ड जमैकाकी टोनी सिंहलाई, नेपालकी अनुष्का अन्तिम १२ सम्म

लण्डन : मिस वर्ल्ड २०१९ को उपाधि क्याराबिन राष्ट्र जमैकाकी टोनी अन सिंहले जितेकी छिन् । शनिबार लण्डनमा सम्पन्न ६९औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै टोनीले उपाधि जितेकी हुन् । फ्रान्सकी ओफेली मेजिनो फस्ट रनर अफ बनिन भने सेकेण्ड रनर अफको उपाधि भारतकी सुमन रावले जितिन । 

फाइनलमा नाइजेरिया, फ्रान्स, जमैका, भारत र ब्राजिलका सुन्दरीहरु पुगेका थिए ।  नेपालकी अनुष्का श्रेष्ठ अन्तिम १२ सम्म पुग्न सफल भइन् । 

अनुष्काले ‘मल्टी मिडिया’ र उनले ब्युटी विथ द पर्पोज विधा पनि जितिन्। गत वर्ष पनि मिस वल्र्डको मल्टिमिडिया अवार्ड मिस नेपाल शृंखला खतिवडाले जितेकी थिइन् ।

प्रतियोगितामा विश्वका १२५ देशका सुन्दरीको सहभागिता थियो । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */