मनोरञ्जन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं । हर्ट अट्याक भएर चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । 

गएराति अनामनगरस्थित घरमै हर्ट अट्याक भएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो।  एक्कासी समस्या देखिएपछि अस्पताल लैजाने क्रममा राति सवा १० बजे उनको मृत्यु भएको कलाकार निर्मल शर्माले जानकारी दिए । भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो । 

सोमबार बिहान १० बजेपछि भट्टराईको शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुने छ । त्यसपछि शनिबार निधन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास बाेर्डको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र सोमबार नै दुवै जनाको दाहसंस्कार गरिने छ ।

दर्जनौं चलचित्र र टेलिसिरियलमा अभिनय गरेका भट्टराईले ‘आफ्नो मान्छे’, ‘देवर बाबु’, ‘छोडी गए पाप लाग्ला’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘यात्रा’ लगायत चलचित्र निर्माण गरेका थिए । उनी नयाँ चलचित्र निर्माणको तयाारीमा थिए । 

भट्टराईका १ छोरा र श्रीमती छन् । भट्टराई १ वर्ष अघिदेखि चलचित्र विकास बाेर्डको अध्यक्ष थिए । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */