राजनीति

अध्यक्षदय ओली र प्रचण्ड बीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षदय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्ता भएको छ ।

भेटमा उनीहरु नेकपाको शीर्ष नेतृत्व सभामुख–उपसभामुखका उम्मेदवार छनोटमा केन्द्रीत रहेको थियो । संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने जानकारी दिएको छ ।

दलहरु सहमतिमा जुटे सोही दिन सभामुख उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयले जनाएको छ ।

त्यसका लागि अबको चार दिनमा दलहरुले सभामुख र उपसभामुखबारे निर्णय गर्नुपर्नेछ । यही समयसीमालाई ख्याल गर्दै नेकपा नेतृत्वको ध्यान सभामुख छनोटमा केन्द्रीत भएको हो ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */