राजनीति

मिटरब्याज मुद्दामा राजपाका केन्द्रीय सदस्य यादव पक्राउ

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य सर्लाहीका रामबाबु राय यादवलाई मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीका पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर गुनासो पोखेलगत्तै प्रहरी प्रधान कार्यालयको निर्देशमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवमाथि १ लाख रुपैयाँ ऋण दिएर करोड रुपैयाँ असुल गर्ने गरेको, धितोमा राखेको जग्गालाई दृष्टि बन्धक राखे पछि आफ्नै नाममा रजिष्ट्रेसन पास गर्ने गरेको र सानो रकम ब्याजमा लिएका ऋणीहरुको घर–जग्गा नै कब्जा गर्ने गरेको आरोप लागेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */