समाचार

बी एण्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ गर्न अदालतकाे अनुमति

काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध  जिल्ला प्रहरी कार्यालय भक्तपुरमा मानहानीको मुद्दा हालेका थिए ।

आफूविरुद्ध २० करोड घुस मागेको आरोप लगाएपछि गिरीले प्रसाईंविरुद्ध हालेको मानहानी मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । अहिले प्रसाईं भने फरार रहेका छन् ।

याे पनि पढ्नुहाेस्

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीमाथि २० करोड घुस मागेको आरोप, पुष्टि गर्न चुनौती

प्रसाईंले गत पौष २३ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गिरीविरुद्ध मेडिकल सञ्चालन गर्नका लागि सम्बन्धन दिन २० करोड घुस मागेको आरोप लगाएका थिए । उनले द्वारिका होटलमा बोलाएर गिरीले मोटो रकम मागेको खुलाएका थिए । तर गिरीले त्यही दिन प्रसाईलाई आफूमाथि लगाएको आरोपकाे खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएका थिए ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */