मनोरञ्जन
चलचित्र ‘इन्काउन्टर’ को आइटम गीत ‘बारूली बारूली’ सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’ को आइटम गीत ‘बारूली बारूली’ सार्वजनिक भएको छ । गीतमा सूर्य कमल राईको संगीत र नारायण नेपालको शब्द तथा मीना निरौलाको स्वर रहेको छ ।
नरेन्द्र भट्टराई (एनबी अञ्जान)को लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा दिनेश डिसी, छुल्ठिम गुरुङ, सबिन श्रेष्ठ, दिनेश खड्का, बिएस राना, सबिता रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मका कार्यकारी निर्माता कुमार प्रसाद ओझा हुन् भने सहनिर्मातामा कविभक्त क्षेत्री र देवराज प्रसाई रहेका छन् ।
कार्यक्रममा निर्माता ओझाले फिल्म इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने बताउँदै नवीनतम् सन्देश र संकल्पसहितको फिल्म निर्माणमा आफ्नो टिम लागेको उल्लेख गरे ।
‘आमा फिल्मपछि नेपाली चलचित्र उद्योगमा कयौं फिल्म बने, हजारौं कथाहरू लेखिए, तर पृथक फिल्म निर्माण गर्न नसकेको आरोपबाट इन्डस्ट्री मुक्त भएन, त्यही गुनासो सम्बोधन गर्नकै लागि हामीले इन्काउन्टर फिल्म निर्माण गरेका हौं’ ओझाले भने ।
चलचित्र चैत १४ गते प्रदर्शनमा अाउँदैछ ।