राजनीति

ओली र मोदीले भिडियोमार्फत संयुक्त रुपमा गरे ‘आईसिपि’को उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार संयुक्त रुपमा जोगबनी–विराटनगरमा रहेको एकीकृत जाँच केन्द्र (आईसिपि)को भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारबाट ओली र भारतस्थित हैदरावाद हाउसको कार्यालयबाट मोदीले संयुक्तरुपमा रिमोर्ट मार्फत उद्घाटन गरेका हुन् ।

आईसीपीसँगै उनीहरुले भारतीय सहयोगमा नेपालको गोर्खा तथा नुवाकोटमा ‘निजी आवास पुनर्निमाण’ परियोजनाको पनि उद्घाटन गरेका छन् ।

यसअघि ओली र मोदी दुवैले भारतीय सहयोगमा निर्मित मोतिहारी अमलेखञ्ज ‘पेट्रोलियम पाइपलाइन’ को उद्घाटन पनि भिडियो कन्फ्रेन्स मार्फत गरेका थिए ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */