समाचार

भ्रष्टाचार अवधारणा सूचकाङ्क : नेपाल ११३ औं स्थानमा, भ्रष्टाचार कायमै

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१९ सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको यस वर्षको सूचकाङ्कमा १८० देश समावेश छन् ।

यस मध्ये नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा ११ स्थानमा पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औं स्थानमा छ । विश्व बैङ्कसहित वटा संस्थाका सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपालले १०० मा ३४ अङ्क पाएको छ ।

गत वर्ष २०१८ मा नेपाल ३१ अंकसहित १२४ औं स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भनेको छ, ‘सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको देखिन्छ’।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले अझै सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समुहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार नभएका कारण नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीमै रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */