समाचार

WHO द्धारा ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा: मुत्यु हुनेको संख्या २१३ पुग्यो, १०,००० भन्दा बढि संक्रमित

पुरै विश्वमा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दे विश्व स्वास्थ्य संगठन (WHO) ले ग्लोबल इमरजेन्सि घोषणा गरेको छ । योसँगै अब पुरै विश्वमा यो भाइरससँग लड्नको लागी एक साथ काम गरीनेछ । र यसको संक्रमणलाई रोक्नको लागी वैश्विक स्तरमा टीके तयार गर्ने काम हुनेछ ।

१०,००० भन्दा बढि मानिसहरु भईसके संक्रमित
डब्ल्यूएचओ ले आधिकारीक पुष्टि गर्दे भनेको छ कि अहिलेसम्म चीनबाट फैलिएको कोरोना भाइरसले पुरै विश्वमा लगभग १०,००० मानिसहरु सक्रमित भईसकेका छन् । यसको अलावा यो महामारीको कारण चीनमा मात्र २१३ जनाको मुत्यु भईसकेको छ । डब्ल्यूएचओ यो भयानक भाइरससँग लड्नको लागी चाडो भन्दा चाडो भ्यासिन तयार गर्नमा जुटेको छ । तर अहिलेसम्म कुनै पनि ल्याबमा यो भाइरसको भ्यासिन पत्ता लाग्न सकेको छैन ।

१८ देशमा फैलिसकेको संक्रमण
मिडिया रिपोर्टस्को अनुसार, अहिलेसम्म चीनको अलावा पुरै विश्वको लगभग १८ देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । कुल ९८ संक्रमितहरु चिनको यात्राको दौरान पाइएको हो । डब्ल्यूएचओ प्रमुख टेडरोस अधानोम घेब्रेसुसले भनेका छन कि हाम्रो लागी यो भाइरसको संक्रमणलाई रोक्नु प्रमुख लक्ष्य हो । तर, यसलाई गरीब ब्यक्तिहरुसम्म फैलनु भन्दा पहिला रोक्नु मुख्य चुनौती हो । शुरुमा त्यती महत्व नदिइएको यो भाइरसलाई डब्ल्यूएचओ लगातारको मुत्युलाई ध्यानमा राखेर अन्तत यो भाइरसको संक्रमणलाई वैश्विक आपतकाल घोषणा गर्नु पर्यो ।

पुरै विश्व किन चिन्तित छ कोरोना भाइरसबाट
संक्रमण घटनासँग जोडिएका एक विशेषज्ञ का अनुसार, चीनमा जन्मिएको कोरोना भाइरसबाट चिन्तित हुनु बाध्यता हो । चीनले सार्स भाइरसको बारेमा पनि पुरै विश्वलाई सहि जानकारी दिएको थिएन । सार्स पुरै चिनमा तेज रफतारमा फैलिरहेको थियो र नागरीक संक्रमित भएर मरिरहेका थिए । यसको बावजुद चीनीया अधिकारीहरुले अन्तराष्ट्रिय संगठनलाई सहि जानकारी लगाएर यसलाई धेरै नै सानो घटना बताएको थियो । यो गल्तीको कारण खतराको सहि अनुमान लगाउन सकिएन र १७ देशमा हजारौ मानिस सार्स भाइरसबाट संक्रमित भए । जानकारी लुकाउदै उपयुक्त समयमा सार्ससँग लड्ने भ्यासिन बनाउन सकिएको थिएन् ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */